
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले किसानलाई ‘काउ म्याट’ वितरण गरेको छ ।
किसान, सहकारी संस्था र गाउँपालिकाको साझेदारीमा ३० जना किसानलाई ‘काउ म्याट’ वितरण गरिएको हो । गाउँपालिका–५ स्थित जनजागृति बहुद्देश्यीय सहकारी संस्थामार्फत उनीहरुलाई ‘काउ म्याट’ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको ५०, किसानको २५ र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा ‘काउ म्याट’ खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिए।
यसैगरी मकवानपुरगढी गाउँपालिका–६ स्थित डुमे्रकुनामा रु ६ करोड ५७ लाखको लागतमा १५ श्ययाको अस्पताल भवनको निर्माण शुरु भएको छ । अस्पताल भवन निर्माणका लागि स्थानीयवासी नरबहादुर स्यागङतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेको गाउँपालिका इञ्जिनीयर सुवास अधिकारीले बताए।
भवन निमार्णका कार्य आर्थिक वर्ष २०७८\७९ मा सम्पन्न हुने बताइएको छ । अस्पताल नहँुदा यस क्षेत्रका नागरिकलाई उपचारका लागि हेटाँैडा र चितवन जानुपर्ने बाध्यता छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार