
लुम्बिनी ।बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका रोल्पाको लुङग्री गाउँपालिका–६ निवासी ५८ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका– १५ निवासी ४५ वर्षीय पुरुष र सुर्खेतको भेरीगङ्गा नगरपालिका– १० निवासी ३९ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार लुङग्री– ६ रोल्पा निवासी ५८ वर्षीय पुरुषको आज बिहान २ः०० बजे, तुलसीपुर–१५ दाङ निवासी ४५ वर्षीय पुरुषको आज बिहान ८ः३० बजे र भेरीगङ्गा–१० सुर्खेत निवासी ३९ वर्षीय महिलाको बिहान उपचारका क्रममै मृत्यु भएको हो ।
योसँगै हालसम्म कोरोना सङ्क्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेका अस्पतालमा आएका ३८६ व्यक्तिको मृत्यु भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कोरोना उपचार केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा पुनः कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताए ।
यस्तै दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । ती महिला साउन १५ गतेदेखि सघन उपचार कक्षमा उपचाररत थिइन् । उनमा निमोनियासँगै श्वासप्रश्वासमा पनि समस्या थियो । अहिले अस्पतालको सघन उपचार कक्षमा छ जनाको उपचार भइरहेको छ ।
–रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार