गोरखा । भूकम्पले क्षति पु¥याएका १५६ विद्यालय भवन पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ ९शिक्षा० प्रमुख अशोक पराजुलीले जानकारी दिए ।
उनले भने, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । ” जिल्लामा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ ।
यसैगरी ३६ खानेपानी धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३४सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको जनाइएको छ । उनले भने, “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युत्को समस्याले निर्माण सम्पन्न हुनसकेन । अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” जिल्लामा विद्यालय भवन पुनःनिर्माण आर्थिक वर्ष २०७३÷०७४ शुरु भएको थियो।
उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये १३१ विद्यालयमा भूकम्पले क्षति पु¥याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनःनिर्माण भइरहेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार