
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तारका क्रममा तनहुँ खण्डमा पर्ने साढे ६ हजारभन्दा बढी रूखबिरुवा काटिने भएका छन् । राष्ट्रिय राजमार्गको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रमअन्तर्गत साविक २ लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्ने क्रममा बोटबिरुवा काट्न लागिएको हो ।
गण्डकी प्रदेशको ‘लाइफलाईन’ रहेको यस सडक चार लेनको बनाउने क्रममा आँबुखैरेनीदेखि कोत्रेसम्मका सानाठूला गरी ६ हजार ७ सय ५० रूखबिरुवा काटिने डिभिजन वन कार्यालयका सहायक डिभिजन अधिकृत अरुण पराजुलीले बताए । राइट अफ वेमा पर्ने सबै रूख काट्न अनुमति लिइसकेको कार्यालयले जनाएको छ ।
खयर, सिसौ, कटुस, कटहर, कपूर, चिलाउने, सिफललगायत प्रजातिका विभिन्न रूखबिरुवा कटान हुने उनले बताए । पराजुलीले भने, ‘आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित सयौं वर्ष पुरानो बरपिपलको रूख पनि काटिदै छ ।’ उनका अनुसार सडकको काम गर्ने आयोजनाले रूख काटेर डिभिजन वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सडक बिस्तारका क्रममा कास्की खण्डमा एक हजार २ सय ५० रूख काटिनेछ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले पहिलो चरणमा मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी–पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मुग्लिन–पोखराको दूरी ९३ किमि छ । जसमा आँबुखैरेनी–पोखराको लम्बाइ ८६.६ किमि छ । निर्देशनालयले आँबुखैरेनी–जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (४५ किमि) पश्चिम गरी दुई खण्डमा छुट्याएको छ ।
चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड रुपैयाँमा पश्चिम खण्ड जामुने–पोखरा सडक निर्माणको जिम्मा पाएको मुग्लिङ–पोखरा सडक सुधार योजना पश्चिम खण्डका योजना प्रमुख प्रेमप्रकाश खत्रीले बताए । उनले भने, ‘चार लेनको सडक निर्माणका लागि अझै ३/४ महिना लाग्छ तर सडक मर्मत सुधारको कार्य भने दसैंअघि नै गर्ने योजना बनाएका छौं ।’
यस्तै ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा अर्को चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनलेनै आँबुखैरनी–जामुने पूर्वी खण्डको सडक निर्माणको जिम्मा पाएको आयोजना प्रमुख नगेन्द्र सुवेदीले बताए । उनले भने, ‘गत भदौं १३ गते नै सडक डिभिजन कार्यालय तनहुँले राजमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी हामीलाई दिइसकेको छ ।’ आयोजनाले यसअघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जामुने क्षेत्रमा दुवैतर्फ गरी ८ किलोमिटर विद्युत् लाइन स्थानान्तरण गरेको छ । ‘अब विद्युत् लाइन सार्ने कामसँगै राजमार्गमा परेका रूख कटानलाई प्राथमिकता दिइएको छ,’ सुवेदीले भने, ‘केही समयमा रूख काटिनेछ ।’
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार