
ललितपुर । सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् । विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो सोमबार विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताए ।
उनले भने, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ जातका बिरुवा रोपेर हुर्काइरहेका छौ । यसवर्ष भने भगवान् भोलेनाथको प्रिय बस्तु बेल रोप्यौ । यस स्थानको हावापनीमा राम्ररी बेल हुर्किए अर्को ५४ थप गरी १०८ बोट पु¥याउने योजना छ”। मन्दिर परिसरमा १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिइएको छ ।
सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वरको प्राकृतिक स्वरुपको दर्शन गरे सन्तान प्राप्त हुने धार्मिक मान्यताले कोरोना महामारीको बेवास्ता गर्दै बिहानै देखि श्रद्धालुभक्तजन मन्दिर भित्रिरहेका पुजारी गङ्गाराम गौतमले बताए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार