
ललितपुर । पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णोद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले विहारभित्रका केही छानाका साथै त्यसको माथिल्लो भागसमेत चर्काएर जीर्ण बनाएकाले सो नयाँ बनाइन लागिएको हो ।
शाक्यमुनि बुद्धको दायाँ भागमा रहेको अमिताप तथा बायाँ रहेको अमोधपास लोकेश्वर र अगाडि रहेको कुलदेवताको नयाँ छानो बनाइनाका साथै विहार पछाडि रहेको सङ्कटाको मन्दिरअर्थात् दिगी छेँमा समेत जमिन सतहबाट काठ ठड्याएर प्रवलीकरण गरी माथिल्लो छानो जीर्णोद्धार गरिने भएको हीरण्यवर्ण महाविहार, विहार सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले बताए । उनले भने “यस विहारभित्रका धार्मिक छाना फेर्नका लागि गत बिहीबार क्षमा पूजा गरेका थियाँै ।” भारत सरकारको अनुदानमा नेपाल सरकारअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु १८ करोड १६ लाख ७६ हजारमा सो विहारको माथिल्लो भाग तथा छाना नयाँ बनाउने भएको धाख्वाले जानकारी गराए ।
धार्मिक विश्वासअनुसार विहारभित्र रहेका अष्टधातु तथा सबै लक्षणले युक्त मुख्य आकर्षणका रुपमा रहेका शाक्यमुनि बुद्धका पूजा गर्ने मूल तथा सहायक पुजारीले प्राणीको हिंसा, चोरी, बेभिचार, झुटो, सुरपान, मध्यान्हपछि खाना नखाने, नित्य गायन तथा रसरङ्ग नगर्नाका साथै सुविधायुक्त पलङ्गमा समेत नसुति अष्टशिलको नियम पालन गर्नुपर्ने भएकाले १२ वर्ष उमेर समूहसम्मका बालकले बुद्धको सेवा गर्ने नियम रहेको बताइएको छ ।
बालकको मन स्वच्छ अनि सफा हुने भएकाले विहारभित्र रहनेले दिनमा एक पटक चोखो खाई पवित्र बस्त्र धारण गरी भिक्षु भएर सबैसँग इमान्दार अनि मित्रवत् व्यवहार गरेर मर्यादामा बसी अष्टशिलको सिद्धान्त पालन गर्नेगरेका धाख्वाको भनाइ छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार