
काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।
बैठकपछि सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिए ।
उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।
‘स्मार्ट लकडाउनको अवधारणा पेश भएको छ र आजैदेखि छलफल सुरु भएको छ’ प्रवक्ता खतिवडाले भने, ‘यसबारे चाँडै बस्ने बैठकले टुंगो लगाउनेछ ।’ संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने भएको छ ।
प्रधानमन्त्रीद्वारा क्यूआर कोर्ड लागू गर्न निर्देशन
सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिएका छन् । कतिपय मुलुकले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रम देउवाले क्यूआर कोड लागू गर्न भनेका हुन् ।
केही दिनदेखि नै क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने सीसीएमसी प्रवक्ता खतिवडाले जानकारी दिए । अहिले विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कागजी खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार