
काठमाडाैँ । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् ।
फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकूलक्षित अफगान सुरक्षाबलले बुधबार गरेको हवाइ कारबाहीमा परी २३ तालिबान लडाकू मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताएका छन्।
बुधबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी संख्यामा हातहतियार, लडाकू समूहका चार ओटा मोटरसाइकललगायतका सामग्रीहरु बरामद गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । तालिबानले नियन्त्रणमा लिएको अन्य प्रान्तमा पनि खोजी तथा सुरक्षा कारबाहीको कार्य जारी राखेको सरकारी सेनाले बताएको छ ।
फर्याब प्रान्तको प्रमुख भाग नियन्त्रणमा लिएर प्रान्तीय राजधानी मैमाना शहर कब्जा गर्न आक्रमण गरिरहेका तालिबान आतंकवादीहरूले अहिले कुनै टिप्पणी गरेका छैनन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार