
कञ्चनपुर । सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो ।
सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ फेला परेका थिए । त्यसमा भालेको सङ्ख्या नौ, पोथीको सङ्ख्या छ र लिङ्ग खुल्न नसकेको एक रहेको थियो । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १० थियो ।
सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटे बाघको सङ्ख्या बढेर १६ पुगेको छ । थोरै क्षेत्रफल भएको सो निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा समेत रहेको छ ।
निकुञ्ज कार्यालयले गत महिना गरेको अनुगमनमा पाटे बाघको सङ्ख्या अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख अवस्थामा रहेको पाइएको जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीका अनुसार पाटे बाघको अनुगमनको कार्य पूरा गरी स्वचालित क्यामेराबाट प्राप्त तस्वीर विश्लेषण गर्ने कार्य भइरहेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार