
परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) स्थित पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न नयाँ मुख्य भवन निर्माण कार्य शुरु गरिएको छ । पूर्वाधार अभावका कारण सेवा प्रवाहमा असहजता हुँदै आएको यस अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि मुख्य भवन निर्माण गरिन लागेको हो ।
नयाँ भवनको आर्थिक मामिला एवं योजनामन्त्री बैजनाथ चौधरीले शिलान्यास गरे । स्वास्थ्य सेवालाई थप सृदृढ र प्रभावकारी बनाउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनले बताए ।
लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले अस्पताल भवनका लागि रु २० करोड ७८ लाख १६ हजार बजेट विनियोजन गरेकामा निर्र्माण कम्पनीले रु १३ करोड ६६ लाख ८८ हजारमा निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द गौतमले जानकारी दिए ।
पचास श्ययाको तीन तले भवन, पार्किङ्स्थल, पर्खाल तथा हरियाली बगैँचा निर्माण हुने गौतमले बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणको जिम्मा श्यामसुन्दर/एनबी जेबी काठमाडौँले पाएको छ ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार