पुस २१, २०७९
काठमाडौं । शेयर बजारले उकालो यात्रा तय गर्न थालेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । साताको अन्तिम दिन आज बजार दोहोरो अंकले बढ्दा पाँच अर्ब बढीको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १८.०९ अंकले बढेको हो । ०.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१४३.९३ अंकमा पुगेको छ ।
आज २५९ कम्पनीका १ करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९ सय ३७.०९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन विभिन्न ९ कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा बढी बढेको छ । चन्द्रागिरि हिल्स, बुद्ध भूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यसैगरी बाराही हाइड्रो, हिमालयन उर्जा, इस्टर्न हाइड्रो र हिमालयन हाइड्रोको शेयर मूल्य क्रमशः ९.९७, ९.९७, ९.८९ र ९.८९ प्रतिशतले बढेको छ । दशौं नम्बरमा रहेको प्रिमियर इन्स्योरेन्सको शेयर ८.६९ प्रतिशतले बढेको हो ।
यता सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ३.०३ प्रतिशतले नाफा कमाएका छन् । आज ७६ कम्पनीको शेयर मूल्य घट्दा बाँकीको भने बढेको नेप्सेले जनाएको छ ।
आज पनि हिमालयन डिस्टिलरीमा लगानीकर्ताहरु झुम्मिएका छन् । उक्त कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९ल सय ७४।९० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार बजार १७.२६ अंकले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १०.१९ रुपियाँ, सोमबार बजार १७.५६ अंकले बढ्दा २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४ सय ४०।६७ रुपियाँ, मंगलबार ३.०३ अंकले बजार घट्दा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७ सय ८७।९२ रुपियाँ र हिजो बुधबार ६४.८७ अंकले बजार बढ्दा ३ अर्ब ३० करोड ११ लाख ४२ हजार ९७।४३ रुपियाँ बराबरको कारोबार भएको थियो ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार