काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शनिबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ ।
बैठकमा बोल्ने केही नेताले सरकारमा सहभागी भइहाल्नुपर्ने मत राखेका छन् । केहीले पार्टीलाई सुदृढीकरण गरेर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
स्थायी कमिटी सदस्य बलराम बास्कोटाका अनुसार बैठकमा तत्कालीन पाँचदलीय गठबन्धनको समीक्षा हुँदै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण गठबन्धन टुटेको भन्ने विषयमा एकमत रहेको उनले बताए ।
वर्तमान सत्ता गठबन्धनका तर्फबाट सरकारमा सहभागी हुन प्रस्ताव नै नआएको समेत उनले बताए । एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने उनको भनाइ छ ।
“पहिलेको गठबन्धनबारे समीक्षा भइरहेको छ । देउवाका कारण गठबन्धन टुटेकोमा एकमतजस्तै छ,” उनले बाह्रखरीसँग भने, “सरकारमा आउनका लागि गठबन्धनको तर्फबाट प्रस्ताव नै आएको छैन । सरकारमा जाने कुरा नै हुँदैन । सरकारमा जाने आवाजको अर्थ छैन ।”













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार