काठमाडौं ।सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को पूर्ण कार्यान्वयनलाई तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट नेपालीले ल्याएको मोबाइलमा नियमावलीको व्यवस्था गर्ने अन्योलका कारण कार्यान्वयनमा रोक लगाइएको हो ।
प्राधिकरणका अनुसार विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्न अनिवार्य छैन ।
सामाजिक सञ्जालमा बिहीबारदेखि ‘ह्यासट्याग नो रेमिट्यान्स’ (#noremittance) अभियान चलेकाे छ । अवैध मोबाइल आयात रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने तयारी भएपछि सामाजिक सञ्जालमा विराेधस्वरूप याे अभियान चलेकाे हाे ।
वैदेशिक रोजगारीमा गएका तथा नेपालमै रहेका सामाजिक सञ्जाल प्रयाेगकर्ताले सरकारी याेजनाकाे आलोचना गर्न थालेपछि यसले अभियानकाे रूप लियाे । सर्वत्र विराेध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालका लागि एमडीएमएस राेक्न निर्देशन नै दिए ।
सरकारले तत्कालका लागि एमडीएमएस स्थगन गर्ने निर्णय गरेपनि भोलिका दिनमा यो प्रणाली कसरी कार्यान्वयन हुन्छ भन्ने विषय पेचिलो बनेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार (पुस १५) देखि पूर्णरुपमा एमडीएमएस लागू गर्ने तयारी गरेकाे थियाे । यसअन्तर्गत विदेशबाट निजी प्रयोजनका लागि नेपालमा ल्याइएका फोन भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई एमडीएमएसमा दर्ता गर्नुपर्ने व्यवस्था गरियाे ।
यसपछि देश-विदेशबाट सरकारी याेजनाकाे विराेध हुन थाल्याे । फेसबुक, ट्वीटर लगायतका प्लेटफर्ममा प्रयोगकर्ताले आ-आफ्ना विचार राखिरहेका छन् ।

#noremittance अभियान सुरु हुँदैछ ।”
एमडीएमएसमा दर्ता हुनुअघि भन्सार कार्यालयमार्फत निश्चित शुल्क तिरेर प्रज्ञापन पत्र लिनुपर्ने व्यवस्था ल्याइएसँगै सुरू भएकाे आलोचनाले विरोधको रुप लिइरहेकाे छ । कामको सिलसिलामा विदेशमा रहेका नेपालीले आ-आफ्नो स्थानबाट ‘नो रेमिट्यान्स’ अभियानमा साथ दिएका छन् ।
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट एक व्यक्तिले एउटा मात्र नयाँ फोन ल्याउन पाउने र अन्य फोनका लागि भन्सार तिर्नुपर्ने नियम ल्याइएकाे छ । भन्सार घोषणा गरिसकेपछि प्राप्त प्रज्ञापन पत्रको आधारमा फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने व्यवस्था ल्याएपछि यसकाे आलोचना हुन थालेकाे हाे ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार