सप्तरी । श्रीमतीलाई विष खुवाई हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ ।
उनीलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको बताइएको छ ।
शव परीक्षणका कोशी अस्पताल विराटनगरमा भएको थियो । घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गरेका थिए ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले २०७७ मङ्सिर २९ गते परमादेश गरेपछि जाहेरी दर्ता गरी लुकमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताए । हत्या आरोपमा लुकमानसहित उनका आमा ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुनविरुद्ध जाहेरी दिइएको छ । अन्य आरोपित पक्राउ परेका छैनन् ।
रोशन खातुनको २०७६ मङ्सिर ३० गते लुकमानसँग विवाह भएको थियो । विवाहपछि दाइजो माग्दै पटकपटक धम्की दिँदै आएका लुकमानसहितकाले दाइजो नदिएको रिसमा बहिनालाई कुटपिट गर्दै विष खुवाएको मृतकका भाइ मो. फिरोजले बताए।
‘बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको कुरा बहिनीले मोबाइल फोनबाट हामीलाई सुनाएको रेकर्ड सुरक्षित छ’, उनले भने, ‘हामीलाई न्याय चाहिएको छ ।’ विष खुवाइएपछि गम्भीर बनेकी रोशनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार