
काठमाडौं । इरानले अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने प्रस्ताव गरेको छ । इरानका एकजना सुरक्षा अधिकारीले सो प्रस्ताव गरेका हुन् । उनले अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर भएको हुनसक्ने भन्दै यस्तो अवस्थामा इरानले सहयोग गर्न सक्ने बताएका हुन् ।
उनले खासमा पछिल्लो समयको अफगानिस्तानको सुरक्षा अवस्थाको बारेमा मध्यनजर गर्दै इरान र अफगानिस्तानले संयुक्त रुपमा सुरक्षा अपनाउन सकिने प्रस्ताव गरेका समाचारमा जनाइएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि सामखानीले सो प्रस्ताव गरेका हुन् । उनले भनेका छन् हालको अफगानिस्तानको सुरक्षा अवस्था नाजुक छ त्यसैले यस्तो अवस्थामा इरान र अफगानिस्तान मिलेर संयुक्त रुपमा सुरक्षा व्यवस्था मिलाउनुपर्छ ।
उनी भारतमा बुधबारदेखि सुरु हुने अफगानिस्तानसमेतको क्षेत्रीय सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुन भारत गएका हुन् । त्यसअघि उनले सो कुरा बताएका हुन् । उनले भारतमा हुन लागेको सो सुरक्षा बैठकमा सहभागिताका लागि पनि अफगानिस्तानलाई आग्रह गरेका छन् । उनले सो बैठकमा सहभागी भएर अफगानिस्तानको अहिलेको अवस्था र यहाँका चुनौतीका बारेमा आफ्ना कुरा राख्न आग्रह पनि गरेका हुन् ।
हाल अफगानिस्तानमा तालिबानहरुको अन्तरिम सरकार रहेको छ । अमेरिकी सेनाको नेतृत्वको सरकारलाई अपदस्थ गरेर यहाँका तालिबानहरुले केही समय अघि सत्ता कब्जा गरेका हुन् ।
–













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार