
काठमाडौं । एएफसी यु–२३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ ।यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ ।
नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन् । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग ६–० गोअन्तरले पराजित भएको थियो ।
ताजकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष छ अङकसहित पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानका लेबनान र चौथो स्थानको नेपाल अङ्कविहीन छन् । त्यस्तै ताजकिस्तान र इरानविरुद्धको खेलले समूह ‘बी’ को विजेताको टुङगो लाग्ने छ । यस समूहको शीर्ष टोलीले एएफसी यु २३ एसियन कप खेल्नेछन् ।
यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एशियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार