ललितपुर । नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई सचिव तथा राजेन्द्र न्यौपाने र नमि सिलवाललाई उपसचिवमा चयन गरेको छ ।ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम गाउँपालिकामा कविन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको नेकपा (एमाले) ललितपुरले जनाएको छ ।
नेकपा (एमाले) मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ । यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको छ । नगर अधिवेशन आयोजक कमिटीको मङ्गलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिए ।

– रासस

समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार