
नुवाकोट।तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए ।
गत असार दोस्रो साता सङ्क्रमण पश्चात अवस्था गम्भीर भएसँगै उहाँलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।
नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए । एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गरेका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार