
ललितपुर । गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।
गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्को सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले बताए । उनले भने, “हामी उमेर ढल्केका यस्ता व्यक्तिलाई दैनिक सेवन गर्नुपर्ने औषधि सहयोग गरी परिवारसँगै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिन लागेका छौँ, नगरपालिकाले पहिलोपटक अघि बढाएको यो कामका लागि खरिद गरिएको औषधि हरेक नागरिकलाई दामासाही हिसाबले वितरण गर्नेछौँ ।” सो काम गोदावरीका प्रत्येक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म गरिने कार्कीले जानकारी गराए।
सो औषधि लिन हरेक नागरिकले आफूहरु ७० वर्ष उमेर पुगेको खुल्ने सरकारी परिचयपत्र अनिवार्य साथमा लिएर आउनुपर्ने नगरपालिकाले अनुरोध गरेको छ । गोदावरीले चालु आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नगरभित्र रहेका दीर्घरोगीका लागि निःशुल्क औषधि वितरणका साथै अत्यावश्यक तथा आवश्कीय स्वास्थ्य सामग्रीको समेत प्रबन्धको सुनिश्चितता गरिदिने योजना सार्वजनिक गरेको थियो ।
यसैगरी नगरपालिकाले बज्रवाराही चापागाउँ अस्पतालमा सो उमेर नाघेका नागरिकलाई बिनाशुल्क स्वास्थ्य सुविधामा निरन्तरता दिनाका साथै नगर क्षेत्रभित्रका मिर्गौलाका बिरामीलाई डायलायसिस केन्द्र स्थापना गरी निःशुल्क सोको व्यवस्था तथा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक तथा गर्भवती र सुत्केरीलाई हरेक वडाबाट तीन–तीन महिनाका लागि मल्टीविटामिनका साथै क्यालसियमसमेत सहयोग गर्ने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बताइएको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार