
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हित र सहयोगको बारेमा छलफल भएको छ। भेटका क्रममा गृहमन्त्री खाँणले युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
मन्त्री खाणले आगामी दिनमा समेत विगतझैं सहयोग गर्न राजदूत डिप्रेजलाई आग्रह गरेका छन्। ‘नेपाललाई अहिलेसम्म इयुले गरेको सहयोगका लागि धन्यवाद। आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने छ भन्ने अपेक्षा नेपाल सरकारको छ,’ मन्त्री खाँणले भने, ‘नेपाल सरकार इयूसँग काम गर्न तयार छ ।’
युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ । भेटका क्रममा राजदूत डिप्रेजले नेपालमा संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएकी थिइन् ।
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार