
काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो । उनले आफूले केही वर्पदेखि बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बतएका छन् । गजुरेलका अनुसार मन्जु कानुन सेवाकी अधिकृत हुन् ।
‘एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्यौं । अगाडि आईपर्ने सुख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो,’ उनले लेखेका छन् ।
उनले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन् ।गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवहा गरेपश्चात सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएको समेत बताएका छन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार