
काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन्।
विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाईपक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने १८ वर्षीय ३ जना किशोर र १ जना किशोरीलाई ३ ग्राम ६ सय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले लागुऔषध ब्राउनसुगर सेवन गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिलाफाँटाबाट ६ ग्राम २ सय ४० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २२ वर्षीय झलक थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
भारतबाट साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपी झिलमिला समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार