
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् । यसैगरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अङ्क पनि सो अवधिमा प्रकाशन गरेको छ ।
यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो शब्दकोषलगायत मातृभाषाहरुका शब्दकोषको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए। ‘कोभिड– १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शत्प्रतिशत उपलब्धि हासिल गरेका छौँ’, उनले भने। समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि सहभागी रहेका छन् ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार