
मकवानपुर । मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको बताइएको छ । अनाधिकृत व्यक्तिले सो फार्मेसीबाट औषधि बिक्री गरेको पाइएकाले सिल गरेर कारबाही प्रक्रिया अगाडि बढाएको सो कार्यालयले जनाएको छ ।
हेटाँैडा अस्पतालका चिकित्सकले बीमाको औषधि अस्पतालको फार्मेसीमा नरहेको भन्दै गुराँसमा सिफरिस गर्दै आएको गुनासो बढेपछि प्रशासनबाट अनुगमन भएको बताइएको छ ।
यसैगरी प्रशासनले हेटौँडा–१ र १० का किराना पसल तथा मेडिकल पसल गरी एक दर्जन पसलको अनुगमन गरेको जनाएको छ । सो अनुगमन टोलीमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीको सहभागिता थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार