
अछाम। मंगलसेन नगरपालिका–५ की सुशीला शाही षोडशा मावि मंगलसेनमा कक्षा ९ मा पढ्छिन् । उनी डेढ वर्षपछि अहिले बल्ल नियमित विद्यालय जान थालेकी छिन् ।कक्षा ७ पढ्दै गर्दा कोरोना संक्रमण फैलिएपछि विद्यालय बन्द भए । कक्षा ८ बाट आन्तरिक मूल्यांकन गरेर माथिल्लो कक्षामा भर्ना हुने वातावरण तयार गर्यो । नियमित विद्यालय जाने, नजाने बारे शिक्षक र साथीभाइलाई सोधिराख्ने सुशीला डेढ वर्षको अवधिसम्म भने निष्क्रियजस्तै भइन् ।
घरमा बस्दा दिक्क भएकी उनी विद्यालय जान हतारिएकी थिइन् । अहिले विद्यालय सञ्चालनपछि सुशीलामा उत्साह थपिएको छ । ‘कक्षा ७ मा पढ्ने बेला लकडाउन भइहाल्यो । कक्षा ८ नपढेरै पास भए’ उनले भनिन्, ‘अब यसैगरी १० कक्षासम्म पुगिन्छ होला । स्कुल गएर पढ्न पाइएलाजस्तो लागेको थिएन ।’ सुशीलाजस्तै षोडशा मावि मंगलसेनमा अध्ययनरत १३ सय विद्यार्थी विद्यालय सञ्चालन भएपछि उत्साहित देखिन्छन् ।
मंगलसेन नगरपालिका–३ की उन्नती बोगटी पनि शोडषा मावि मंगलसेनमा कक्षा ९ मा पढ्छिन् । डेढ वर्षसम्म विद्यालय बन्द हुँदा उनको नियमित काम बिहान मेलापात घाास दाउरा काट्न जाने, दिउँसो गोठालो जाने र घर फर्केपछि फेरि खाना पकाउनमै बित्यो । एकातिर विद्याालय बन्द भएर पढाइ नहुँदा भविष्यको चिन्ता अर्कोतिर बिहानदेखि साँझसम्मको घरको कामले पहिले पढेको पनि बिर्सेको उनको भनाइ छ । ‘विद्यालयका साथीहरू, खेल्ने मैदान, विद्यालय पोसाक र माथिल्लो कक्षा पढ्ने कुरालाई मैले त्यो अवधिमा एकदम धेरै सम्झे,’ लकडाउनमा घर बसेको अनुभव सुनाउँदै उनले भनिन्, ‘विद्यालय पोसाक त घरमा थन्क्याउँदा मुसाले पो काट्छ कि भन्ने पीर लाग्थ्यो । एकदिन भए पनि स्कुल गएर सबैलाई भेट्न पाए हुन्थ्योजस्तो लाग्थ्यो ।’
मंगलसेन–५ का हिक्मत भाट पनि षोडशा माविमा कक्षा ८ मा पढ्छन् । लामो अन्तरालपछि बिहान ९ बजे किताबसहितको झोला बोकेर विद्यालय आउन पाउॅंदा उनी प्रफुल्लित देखिन्छन् । विद्यालय बन्दको बेला घरमा बस्दा घरको काममा सहयोग गरे पनि दिदीबहिनीजस्तो कामको भार उनलाई परेन । दिदिबहिनीले घाॅंस, दाउरा र घरको काम गर्थे भने उनी दिउॅंसो गोठालो जान्थे । फुर्सद हुनेबित्तिकै साथीभाइसॅंग खेल्न गइहाल्थे । गाउॅंमा साथीभाइ भए पनि उनलाई विद्यालय सम्झेर न्यास्रो लागि रहन्थ्यो । ‘धेरै लामो बिदा घरमा बस्दा पहिले पढेको पनि बिर्सने, पढ्न पनि नसकिने हुॅदो रहेछ । अहिले स्कुल आउन पाउॅंदा खुसी लागेको छ ।’
अन्य जिल्लामा लकडाउनको अवधिमा अनलाइनबाट कक्षा सञ्चालन गरेर पढाइए तापनि अछाममा भने सुरुवाती दिनमा पढाउन सक्ने वैकल्पिक व्यवस्था केही थिएन । लामो समयसम्म विद्यालय बन्द हुंॅदा अभिभावक पनि चिन्तित थिए । पहिले जस्तै छोराछोरी विद्यालय जान थालेपछि मंगलसेन नगरपालिका–५ की बिस्नादेवी ढुंगाना खुसी छिन् । ‘घरमा बस्दा भनेको पनि नमान्ने । किताब पढेर बस पनि भन्न सक्ने अवस्था थिएन । छोराछोरीको भविष्य बिग्रिन्छ भन्ने चिन्ता थियो । अब त ढुक्क भइयो,’ उनले भनिन् ।
लामो समयपछि विद्यालय सञ्चालन हुॅंदा विद्यार्थर्कीो ध्यान पढाइमा ल्याउन समस्या भएको शोडषा माविका प्रधानाध्यापक मदन कुॅंवर बताउॅंछन् । ‘पहिले पढेको कुरा पनि विद्यार्थी बिर्सिएका छन् । सिकाइ उपलब्धि कमजोर नै छ । तर पनि हामी पुरानै लयमा विद्यार्थीलाई लैजाने वातावरण बनाउँदै छौं’ उनले भने, ‘लामो समयपछि विद्यालय आउन पाउँदा सबै विद्यार्थी खुसी छन् ।’ धेरै विद्यार्थी भएकाले भौतिक दूरी कायम गर्ने र स्वास्थ्यका सबै मापदण्ड पालना गर्न कठिनाइ भएको प्रधानाध्यापक कुॅंवर बताउँछन् । ‘भौतिक दूरी कायम गराउन सम्भव भएन । तर कुनै विद्यार्थीमा कोरोना भाइरसका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउने व्यवस्था गरेका छौं,’ उनले भने । विद्यालयका ४३ जना शिक्षक तथा कर्मचारी र १८ वर्षभन्दा माथिका विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएको उनले बताए ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार