
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । केही समयदेखि कमलपित्तबाट अस्वस्थ भएका उनको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक गएका हुन् ।
कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री पुनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताइएको छ । उनका साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि रहेका छन् ।
नेता पुनका स्वकीय सचिव सन्तोष पुनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार