
रसुवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन भएका छन् ।
प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछाने, उपाध्यक्षमा विनोद लामिछाने, उपसचिवमा आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका शुजिय तामाङ रहेका अध्यक्ष देवकोटाले बताए ।
सदस्यमा नेकपाका संस्थापक सदस्य साङ्तेम्वा तामाङ धुञ्चे (विसं २०४६ पछि रसुवामा गठन भएको पहिलो नेकपा (एमाले)का संस्थापक सदस्य), शनद देवकोटा जिवजिवे, अर्चना लामा बेत्रावती, भरत बगाले धुसेनी, गङ्गा बगाले धुसेनी रहेका छन् । यसैगरी दावा तामाङ, सन्तोष तामाङ, रामशरण न्यौपाने, नविनाथ देवकोटा, भीम तामाङ र अप्सरा रिजाल जिल्ला कमिटी सदस्यमा रहेका छन् । कार्यनिर्देशिका अनुरूप नपुग सदस्य क्रमशः थपिँदै लगिने बताइएको छ ।
नयाँ दललाई सही दिशामा लान जनतामाझ गर्नुपर्ने सेवा थप प्रभावकारी तुल्याउन सुब्बा लामा प्रमुख सल्लाहकार चयन भएका उक्त दलले जनाएको छ । जिल्ला कमिटी गठनलगत्तै दलको नीति, सिद्वान्त आमनागरिकलाई सुसूचित गराउन सिङ्गो पार्टीपंक्तिका पदाधिकारी गाउँघर जागरण अभियानमा अगाडि बढिरहेको एकीकृत समाजवादीले जनाएको छ ।
नवगठित जिल्ला कार्यसमितिमा सबै क्षेत्रलाई समाहित गरिएको र छुट भएका साथीलाई क्रमशः समाहित गर्दै जाने बताइएको छ । शिक्षा, स्वास्थ्यलगायत जिल्लाको समग्र विकासका गतिलाई तीव्रता दिने, जनतामाझ आइपर्ने समस्या समाधान गराउने, रोजगारीका अवसर सिर्जना गराउने, जलसम्पदाको सही सदुपयोग गराउने, कृषि उत्पादकत्व वृद्विजस्ता समग्र जनहितकारी सेवामा निरन्तर अगाडि बढ्ने उक्त दलले जनाएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार