
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो । मतदान १२ बजे सम्पन्न हुने र आजै साँझसम्म परिणाम आउने गरी निर्वाचन समितिले काम गरेको कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।
अधिवेशनमा भक्तपुर नगरपालिकाको वर्तमान सभापतिमा राम कासुला र राजेन्द्र तमखुको नेतृत्वको दुई समूहबीच प्रतिस्पर्धा भएको छ । कासुलाको नेतृत्वमा उपसभापतिमा प्रकाश जोन्छें र किरण प्रजापति, सचिवमा कृष्णसुन्दर खाइतु र अनिश सुवाल, सहसचिवमा शान्ति कासुला र रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।
अर्को समूहबाट सभापतिमा तमखुको नेतृत्वमा उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै मध्यपुर थिमिको नगर सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापतिबीच प्रतिस्पर्धा भएको छ । श्रेष्ठको समूहबाट उपसभापतिमा बालकृष्ण प्रजापति र दानकृष्ण प्रजापति, सचिवमा दिनेश श्रेष्ठ र सविन प्रजापति, सहसचिवमा ओम जिमा श्रेष्ठ र प्रविन ह्याजु प्रतिस्पर्धामा छन् भने प्रजापतिको समूहबाट उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
त्यसैगरी सूर्यविनायक नगर सभापतिमा जिल्ला सचिव निशान ढुङ्गेल र वर्तमान उपसभापति रवि राणाबीच प्रतिस्पर्धा भएको छ । ढुङ्गेलको नेतृत्वमा उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी प्रतिस्पर्धामा छन् ।
यस्तै राणाको नेतृत्वमा उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिस्पर्धा गरेका छन् ।
चाँगुनारायण नगरपालिकामा भने वर्तमान सभापति शिवहरि केसी र गोपाल पौडेल समूह प्रतिस्पर्धा हुने भएको छ । केसीको नेतृत्वमा उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रखेशर खत्रीले उम्मेदवारी दिएका छन् ।
पौडेलको नेतृत्वमा उपसभापतिमा सञ्जीवप्रसाद दुलाल र रितेश खड्का, सचिवमा उद्धवप्रसाद अधिकारी र जयनाथ गिरी तथा सहसचिवमा पुष्कर खड्का र पुकार पराजुलीको उम्मेदवारी छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार