
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म पु¥याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन् ।
“चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या हुने देखिन्छ”, अध्यक्ष कर्माचार्यले भने ।
महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए । “यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म लैजान सडक अवरुद्धले समस्या पर्ने भएकाले अग्रिम टिकट बुकिङ खोल्न समस्या देखिन्छ”, उनले भने । राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग जोडदार माग गरेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार