
सिरहा। हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनः तालाबन्दी गरेका छन् । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।
कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दै आए पनि आलटाल गरेकाले पुनः तालाबन्दी गरेको स्थानीयवासी प्रदीप साहले जानकारी दिए । जिल्लाका अधिकांश स्थानीय तहले नगरसभाबाट हरहिसाब सर्वाजनिक गरिसके पनि कल्याणपुरले अझै नगरसभा गर्न नसकेको र हरहिसाबसमेत सार्वजनिक नगरेकाले विरोधस्वरुप तालाबन्दी गरिएको उनले बताए ।
यसअघि पनि पटकपटक स्थानीयले हरहिसाब सार्वजनिक गर्नुपर्नेलगायतका मागसहित तालाबन्दी गरेका थिए । नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगर प्रमुखका रुपमा कार्य सम्हाल्दै आएका छन् ।
-रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार