
कञ्चनपुर । स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।
घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ्ग सेन्टरमा प्रसूति हुने महिलालाई भत्ता वापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्ताबापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
सो कार्यक्रमअन्र्तगत सुत्केरी हुने महिलालाई वर्षमा एक पटकका लागि रु एक हजार दुई सय भत्ता वापत रकम दिने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर लुगासमेत दिने गरिएको छ । पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिन थालेपछि मातृ–शिशु मृत्युदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताए ।
-रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार