
काठमाडौं । नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीन जनालाई पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले लागुऔषध अफिम कारोवार गर्ने पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले पुनलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल र अन्य दुईलाई मित्रनगर, नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठमेलमा अफिम बोकेर कारोवार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुई जनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पुनसँग एक किलो २०० ग्राम र अन्य दुईसँग एक किलो २४ ग्राम अफिम बरामद गरेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार