
म्याग्दी । विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमाया विकले सबैलाई अपिल गरेकी छन्। राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पीरमा परेको उनले बताइन् । उनले भनिन्, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा छोराकै पिरले हामीलाई दिनको भोक र रातको निद हराएको छ ।”
मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिने गरेपनि त्यसपछि कुराकानी हुन छाडेको उनले बताइन् । अहिले कहाँ र कस्तो अवस्था छ, कुनै आपत् विपद परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै समस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबीसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजीतकी भाउजु सम्झना विकले बताइन् । सोह्र वर्षअघि काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजीत मलेसियाको सेलेङ्गर भन्ने ठाउँमा (निलेइ कम्पन) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजीतका आफन्त विष्णुराम विकले बताए ।
चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ । सर्वजीतलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजीतको अवस्था पत्ता नलागेको विकले बताए । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सबैसँग आग्रह गरेको छ ।जिल्लाको बडिकेदार गाउँपालिका–३ घट्टेपाथ्थरका प्रेमबहादुर रोकामगरको घरमा आगलागी हुँदा करिब रु एक लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय बिपीनगरका अनुसार आज बिहान भएको आगलागीका कारण उहाँको घरमा भएका लुगाकपडा, सोलार सेट, रु २० हजार नगद, भाँडाकुँडासहित एक तले फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ । स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार