
गजलकार अनिता धिताल
१.
कहाँ हुन्छ उस्तै, सधैं आनीबानी
कतै जम्न सक्ला, कतै उड्ने पानी
होला नौनीजस्तै रहे जिन्दगानी
बनाए पीडा दुःखलाई मदानी
तिमी लामो हुन्छौ, म ताने सकिन्छु
रबरले बुझे पो चुरोटको कहानी
हुँदैमा पराई कहाँ भुल्न सक्छु
भयो मेट्न गाह्रो, धोकाको निशानी
तिमीले अहङ्कार गरेको त्यो देह
धुवाँ बन्छ आधा र आधा खरानी
२.
कहिले रहरहरूभित्र कहिले बाध्यताभित्र
मान्छे अल्झिरहेछ आफ्नै आवश्यकताभित्र
पूजापाठ जे गरे पनि आखिर ढुङ्गा ढुङ्गा नै हो
मान्छेको झैँ पग्लने मुटु हुन्न यार देवताभित्र
बाहिरी रूप देखेरै किन मख्ख पर्छ दुनियाँ ?
सैतानी व्यवहार लुक्छन् प्रायः सुन्दरताभित्र
केही त बोल, कम्तीमा तिम्रो विचार बुझ्न सकूँ
न विरोध छ, न त सहमति त्यो मौनताभित्र
ऊ हिजो भेटेको मान्छे, टाढा भयो गुनासो छैन
मैले स्वर्ग पाएको छु, बा आमाको ममताभित्र
३.
एकोहोरो हुने बानी पर्यो, पागल भएको छु
छुरा रोपेर मायाले, अझै घायल भएको छु
के पो गर्ने, कता जाने ठेगाना मेटिएको छ
बेठेगानको जीवन, म त्यो पार्सल भएको छु
नराम्रो भन्नु मान्छेका रहेछन् यी नजर मात्रै
उता कालो मोसो देख्थेँ, यता गाजल भएको छु
पटक्कै छैन फाल्ने मन, न राख्ने बाटो बाँकी छ
जोगाएको भयो व्यर्थै, तितो चामल भएको छु
जवाफ हो यो म दौडेको देखि सोध्नेहरूलाई
कहाँ पुग्लास् नदी भन्थ्यौ, अचेल बादल भएको छु












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार