
वाग्मती । मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७÷०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ ।
साथै स्वास्थ्य बिमा गर्नेमध्येमा गत आर्थिक वर्षमा ३२ हजार ९६६ व्यक्तिले बिमा नवीकरण गरेका छन् भने बिमा गर्ने ३३ हजार ९६६ नयाँ सदस्य थपिएका स्वास्थ्य बिमा बोर्ड मकवानपुरले जनाएको छ । कोरोना महामारीको कठिन परिस्थितिमा समेत ८७ प्रतिशतले गत आर्थिक वर्षमा बिमा नवीकरण गराएका छन् । सो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा अत्यधिक रहेको छ । बिमा गर्नेमा ३९ हजार २५० ले पूर्ण शुल्कमा बिमा गरेका छन् भने छ हजार १३२ ज्येष्ठ नागरिकले निःशुल्करुपमा स्वास्थ्य बिमा गरेका सो बोर्डद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यसैगरी ८७२ पूर्ण अपाङ्गता भएका रहेकाले निःशुल्क बिमा सेवा लिइरहेको बताइएको छ । त्यस्तै एचआइभी सङ्क्रमित भएका २३७ ले समेत निःशुल्क बिमा सेवा प्राप्त गरेका छन् भने क्षयरोग भएका एक जनालाई निःशुल्क सेवा दिइएको जनाइएको छ । महिला स्वास्थ्य स्वम्सेविकाका परिवारलाई ५० प्रतिशत छुट दिई ५२४ को स्वास्थ्य बिमा गरिएको बताइएको छ । स्वास्थ्य बिमा गर्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै सङ्ख्या छ । वाग्मती गाउँपालिकाको सङ्ख्या सबैभन्दा कम रहेको बोर्डका दर्ता अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।
सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँुच सुनिश्चित गर्न स्वास्थ्य बिमा ल्याएको थियो । बिमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिद्वारा २०७२ चैत २५ गतेदेखि कैलालीबाट सर्वप्रथम सुरु गरिएको थियो । मकवानपुरमा विसं २०७४ असार १५ गतेदेखि सुरु भएको बिमा कार्यक्रमले सोही वर्षको भदौ १ गतेदेखि सेवा सञ्चालन गरेको थियो । मकवानपुरमा सुरुआतका वर्षमा ५५ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका थिए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार