
काठमाडाैं । गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिवधिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता उच्छृङ्खल गतिविधिप्रति आपत्ति जनाएको हो ।
“नेपाल सरकार सबै मित्रराष्ट्रसँग पारस्परिक सम्बन्ध अझै प्रगाढ गर्न चाहन्छ, नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा मन्त्रालय कटिबद्ध छ, मित्रराष्ट्रको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले छिमेकी मुलुकसँगको उत्पन्न समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको जानकारी गराउँदै भविष्यमा पनि त्यस्ता समस्या वार्ता, संवाद र कूटनीतिक माध्यामबाटै समाधान गरिने विज्ञप्तिमा उल्लेख गरेको छ । मन्त्रालयले मित्रराष्ट्रविरुद्ध लक्षित गतिविधि नियन्त्रणका लागि त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
यसअघि शुक्रबार पनि मन्त्रालयले विज्ञपित जारी गरी मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पतिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्याम/सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधि भएकोप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।
विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने खालका कुनै पनि गतिविधि नगर्न र नगराउन विज्ञप्तिमा भनेको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार