
धनकुटा । शारीरिक अपांगता भएका प्रेम तुम्बाहाङलाई सरकारी कार्यालय जाँदा निकै कष्ट हुने गर्छ । अधिकांश कार्यालयमा सहज रूपमा बैसाखी तथा ह्वीलचियर जान नसक्ने र कार्यालय प्रमुख माथिल्लो तलामा बस्ने गर्दा असहज हुने बताउँछन् ।खोटाङ बुइपाका दीपक श्रेष्ठले लोकसेवा आयोगमा रहेको सिँढी उक्लन र ओर्लन सास्ती खेप्नुपर्यो । दुवै खुट्टा नहुँदा हातको सहारामा हिँड्नुपर्ने अवस्थाका श्रेष्ठले अपांगमैत्री बाटो नहुँदा कार्यालय जान–आउन कष्टकर भएको बताए ।
आयोगले समावेशी आरक्षणअन्तर्गत अपांगका लागि छुट्टै प्रतिस्पर्धा गराउने नीति ल्याएको वर्षौं बितिसक्यो । यस अवधिमा फाराम भर्न तथा परीक्षा दिन पुग्ने अधिकांश अपांग परीक्षार्थीलाई समस्या हुने उनको भनाइ छ ।
जिल्लास्थित अधिकांश सरकारी कार्यालय अपांगमैत्री छैनन् । चार दर्जन सरकारी कार्यालय, सातवटा पालिका तथा शिक्षण संस्थालगायत सेवा प्रदायक संस्था अपांगमैत्री छैनन् । अपांगताको सवालमा निर्देशिका २०६२ मा जारी भए पनि कार्यान्वयन फितलो रहेको अपांग सेवा संघ केन्द्रीय सदस्य यमबहादुर बस्नेत बताउँछन् । अधिकांश कार्यालयमा अप्ठ्यारो सिँढी भएकाले शारीरिक अपांगता भएकाहरूले सहज सेवा लिन नपाएको अपांग सेवा संघ सचिव सुमन बसेलले बताए । बैंक तथा वित्तीय संस्थाको अवस्था पनि उस्तै छ । जिल्ला समन्वय समितिले भने ह्वीलचियर गुड्न सक्ने नयाँ बाटो बनाएको छ । धनकुटा नगरपालिका, जिल्ला अस्पतालमा आंशिक रूपमा अपांगमैत्री बाटो छन् । दृष्टिविहीनले त सडकमा सहज रूपमा हिँडडुल गर्नसमेत कठिन हुने गरेको बताए । सुन्दर लिम्बूले सेतो छडीको माध्यमले क्याम्पस पुग्न सकस परेको बताए ।
जिल्ला प्रशासन कार्यालयले नागरिकतालगायत सेवाका लागि अपांगता भएका व्यक्तिको घर तथा पहुँच पुग्ने स्थानमा सेवा उपलब्ध गराउने सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार