
भादगाउँ।भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाइने भएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आज मनाइने पर्वलाई औपचारिक पूजामा सीमित गरिने थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले जानकारीदिनुभयो । उनले पञ्चादन पर्व मनाउन दीपङ्कर बुद्धलाई बिहारबाट बाहिर ल्याए बढी भीड भई सङ्क्रमण चाँडै फैलन सक्ने जोखिम हुँदा बिहारभित्र नै पूजा गरी मनाउन लागेको बताए । उनले भने, “ यस अवसरमा देवतालाई बाहिर ल्याए नगरका मात्र नभई भक्तपुरका सबै गुठियारहरूको समेत पूजा थाप्ने परम्परा छ । यसरी पूजा थाप्दा भीड बढी हुने भएकाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर पाँचै बिहारको संयुक्त छलफलमा यस वर्ष पनि गएको वर्षजस्तै औपचारिकतामा सीमित गरिने निर्णय गरिएको हो ।”
बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइने सो पर्वका अवसरमा जिल्लाका पाँच बिहारबाट दीपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइने परम्परा छ । दीपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील, गोल्मढीको झौरवही , साकोथाको चर्तुब्रह्म , भार्वाचोको थथुबही र दूधपाटीको कुथुबही महाबिहारका छन् ।
पञ्चदानमा जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौला, बोडी, काँक्रो, क्वाटी आदि गच्छेअनुसार चढाउने परम्परा छ । यसलाई स्थानीय भाषामा पञ्जदान ९पंजरां० भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार