
विराटनगर। नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ ।वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिए।
उनले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताए ।जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट र मदन सङ्ग्रौलाका साथै उपसभापतिका लागि वर्तमान सचिव मोदराज घिमिरे, नागेश कोइराला र गोपालबहादुर थापाको नाम चर्चामा छ ।
सचिवमा शिव ढकाल र ललित श्रेष्ठको नाम चर्चामा रहे पनि थप उमेदवार देखापर्न सक्ने पार्टीका क्रियाशील सदस्यको भनाइ छ ।क्रियाशील सदस्यको टुङ्गो लाग्नेवित्तिकै बुबाको मुख हेर्ने दिन र तीजलाई असर नपर्ने गरी अधिवेशनको कार्यक्रम अघि बढाइने जनाइएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार