
दिक्तेल। गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क तिरेर तार्नुपर्ने बाध्य बनेको हो ।
राँकुलीखोलामा हिउँदको समयमा पानी सुके पनि वर्षात्को समयमा भने भलबाढी उर्लिने गरेका कारण मोटरसाइकल तार्ने क्रममा स्थानीय युवालाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताए। खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिकालगायत जिल्ला अधिकांश स्थानीय तहका स्थानीय बासिन्दालाई वर्षात्को समयमा उदयपुर हुँदै पूर्वी तराईका विभिन्न सहर आवतजावत गर्दा राँकुलीखोला तर्नुपर्ने हुन्छ ।
राँकुलीखोलामा वर्षात्को समयमा मोटरसाइकल तार्दा प्रतिगोटा न्यूनतम रु ५०० देखि रु तीन हजार ५०० सम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका बासिन्दा मिलनचन्द्र राईले बताउनुभयो । फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा निर्माण सम्पन्न नहुँदा रसुवाघाटको झोलुङ्गे पुल तरेर राँकुलीखोला हुँदै उदयपुरको गाईघाट पुग्नुपर्ने जिल्लावासीको बाध्यता छ ।
निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीको ढिलासुस्तीका कारण दोस्रोपटक थप भएको समय सकिँदासमेत फोक्सिङटारस्थित सुनकोशी नदीस्थित निर्माणाधीन पक्की पुलको भौतिक प्रगति करिब ४८ प्रतिशतमात्र पूरा भएको जनाइएको छ । सो निर्माणाधीन पक्की पुल बनिनसकेसम्म जिल्लावासी राकुँलीखोलामा मोटरसाइकल तार्नका लागि शुल्क तिर्न बाध्य हुने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुँयालले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार