
सिमकोट। हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ ।
लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। अध्यक्ष लामाले भने, “जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।” उनका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।
टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण सिम्रीक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार