
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेकपा एमाले फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागेएको हो।
काँग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो। प्रधानमन्त्रीले लिएको शपथका दिन नै काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिनुभएको थियो। त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेएको थियो। यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएको छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार