
गलकोट । नगरपालिका–६ का देवेन्द्रबहादुर बस्नेतले आफ्ना दिवङ्गत आमाबुवाको स्मृतिमा मन्दिर निर्माण गर्नुभएको छ। उनले आमा कुन्तीकुमारी र बुबा शालिकरामको सम्झनामा सोही वडाको कालीलेकमा ‘कामना’ मन्दिर बनाउनुभएको हो ।
ताराखोला र काठेखोला गाउँपालिकासमेत सीमामा पर्ने कालीलेक पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । रु १० लाख खर्चेर मन्दिर निर्माण गरिएको बस्नेतले बताए। “आमाबुबाको स्मृतिलाई चिरस्थायी बनाउन परिवारका तर्फबाट मन्दिर बनाएका हौँ,” उनले भने ।
गाउँका कालिगढले स्थानीय सामग्री प्रयोग गरेर मन्दिर बनाएका हुन् । गलकोट–६ का अध्यक्ष नरबहादुर खत्रीले मन्दिरले कालीलेकको महत्व थप बढ्ने उल्लेख गरे। पर्यटकीय सम्भावनायुक्त उक्त क्षेत्रलाई धार्मिक एवं सांस्कृतिक आस्थासँग पनि जोडेर प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।
उहिलेको समयमा लेकमा खेती किसानी गर्ने बाउबाजेले मनोकाङ्क्षा पूरा हुने विश्वासमा कालीलेकको देउरालीमा पूजाआजा गर्ने चलन रहेको वडाध्यक्ष खत्रीले सुनाए। सोही ठाउँ नजिक अहिले ‘कामना’ मन्दिर निर्माण गरिएको हो ।
मन्दिर बनेसँगै घुमघाममा रमाउनेदेखि धार्मिक पर्यटकलाई पनि कालीलेकले आकर्षित गर्ने विश्वास लिइएको छ । उच्च लेकाली भेगमा पर्ने कालीलेकमा पहिलपहिले किसान गोठ बस्ने, खेती लगाउने गर्थे ।
व्यावसायिक पशुपालन र कृषि खेतीका लागि उपयुक्त भए पनि त्यो ठाउँ अहिले बाँझै पल्टिएको छ । पर्यटकीय सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावमा कालीलेक ओझेलमा छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार