
रसुवा । पहिराका कारण सोमबारदेखि अवरूद्व यहाँको पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।धुञ्चे–ठूलोभार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि सोमबारदेखि रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन्। राजमार्ग खुलाउन आज बिहानैदेखि तीन डोजर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए।
नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार करिब १२।३० बजे पहिराले अवरूद्व बनाएको थियो । दु्रतरूपमा राजमार्ग खुलाउने प्रजिअ ढकालको प्रयास अगाडि बढेपछि अवरूद्व मार्ग २४ घण्टाका अन्तरालमा पुनःसञ्चालन भएको बताइएको छ।
– रासस
फेसबुक प्रतिक्रिया












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार