
भरतपुर। अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो । अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।
अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ । एक्सरे लगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ । दुर्घटनाका घाइते, प्रसूति, एपेन्डिक्स जस्ता अत्यावश्यक सेवाका रेडियोलोजी विभागमा बिरामी पुग्ने गर्दछन् । रातका समयमा टिकट काटेर सेवा नपाएर छट्पपिइ रहेका बिरामी देख्दा दिक्क लाग्ने गरेको टिकट काउन्टरमा बस्ने बताउँछन् ।
पटकपटक फोन गर्दासमेत चिकित्सक र प्राविधिक समयमा नआउने र उल्टै गाली गलौज गर्ने गरेको काउन्टरमा रहेका एक कर्मचारीले एक वर्ष अघिदेखि नै गुनासो गर्दै आएका छन् ।
अस्पतालको रेडियोलोजी विभागमा २४ घण्टा चिकित्सक र प्राविधिकलाई जिम्मेवारी तोकिएको छ । अस्पतालको आकस्मिक कक्ष नजिक रहेको कोठा नम्बर १५ मा सोमबार साँझ ९।१० बजेका समयमा एक महिला भिडियो एक्सरेमा चिकित्सक आउने बाटो हेर्दै थिए । नवलपरासीको सर्दिबाट आकस्मिक उपचारका लागि आउनु भएकी ३२ वर्षीया रुपा ९नाम परिवर्तन० साँझ ८ बजेदेखि अस्पतालमा चिकित्सकको पर्खाइमा थिए ।
गर्भवती समयमा स्वास्थ्यमा समस्या आएर अस्पतालमा उपचारका लागि आनुभएकी उनीले अस्पतालको काउन्टरमा रेडियोलोजी विभागमा ‘चिकित्सक कतिखेर आए भन्दै सोधी’ राखेको देख्न सकिन्थ्यो । अस्पतालका कर्मचारी भने ‘चिकित्सक आउने समय थाहा नभए पनि फोन गरेको छु आए भन्दै थिए । बिरामी भएर उपचारका लागि अस्पताल आउए भएकी उनलाई अस्पतालको रेडियोलोजी विभागमा गएर बस्न भनिएको थियो । चिकित्सक कतिखेर आउने भन्ने अन्यौल थियो ।
सोही क्रममा काउण्टरमा रहेका कर्मचारीले भने “रातिमा भिडियो एक्सरेको टिकट नकाटे पनि हुने हो । चिकित्सक कतिखेर आए थाहा हुँदैन। यहाँ बिरामी अन्तिम समयमा पुग्ने बेला भैसकेको हुन्छ ।” उक्त समयमा क–कसको ‘ड्यिुटी’ हो भन्ने जिज्ञासमा भने ती कर्मचारीले खुलाउन चाहेनन् । रुपा एउटी प्रतिनिधि पात्रै मात्रै हुनुहुन्छ । अस्पतालमा रातका समयमा आउने सबैको समस्या उनीको जस्तै छ ।
अस्पतालको सो विभागमा आठ चिकित्सक, एघार प्राविधिक कार्यरत छन् । उनीलाई सिफ्टमा कामको जिम्मेवारी दिइएको छ । रातका समयमा ड्यिुटी पर्ने चिकित्सक आफ्नो कार्यक्षेत्रमा नबस्दा यहाँ आएका बिरामी बाहिर गएर उपचार गाउन बाध्य हुने गरेका छन् । कतिपय समयमा फोन गरेर बोलाए पनि चिकित्सक नआइ प्राविधिकलाई जिम्मा लगाउने गरेको र ‘भिडियो एक्सरे नै हँुदैन’जनाउँदै पठाउने गरेको गुनासो सेवाग्राहीको छ ।
अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेल २४ घण्टाका लागि पालो मिलाएर चिकित्सक र प्राविधिक रहने गरेको जानकारी दिए। आफ्नो पालो परेका समयमा चिकित्सक बस्नुपर्ने उनको भनाइ छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने यसलाई व्यवस्थापन गर्ने तयारी गरिएको बताउनुहुन्छ । अस्पतालमा गएको दुई वर्षमा ६ मेडिकल सुपरिटेण्डेण्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त बनेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भ्रमण गर्ने भनिए पनि एकसाता अघिदेखि काठमाडौँ रहनुभएका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा न्यौपाने अस्पताल आएको भए पनि मन्त्री फर्किनु अघि नै उनसमेत फर्किसकेको छ । अस्पतालका एक कर्मचारीले भने “अस्पताल मियो बिनाको दाइँ जस्तो भयो।”
अस्पतालमै कार्यरत डा भोजराज अधिकारीलाई विकास समितिको अध्यक्ष बनाएपछि फेरिरहेका मेडिकल सुपरिटेण्डेण्टका कारण अस्पतालमा काम हुनसकेको छैन । स्थिर प्रशासक नहुँदा समस्या भएको उनले बताए। यो विभाग मात्रै होइन, अधिकांश विभाग अस्तव्यस्त अवस्थामा चलेको छ । सङ्घीय अस्पताल बनेको अस्पतालमा स्थायी मेडिकल सुपरिटेण्डेण्ट नभएसम्म गतिलिन नसक्ने त्यही कार्यरत चिकित्सक बताउँछन् । यो अस्पताल काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा धेरै प्रसूति सेवा दिन अस्पतालमा पर्दछ ।
यसो त सडक सञ्जालले घेरिएकाले धेरै दुर्घटनाका बिरामी यहाँ आउने गर्दछन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीको निजी अस्पताल र बाहिर जागिर हुनाले उनीहरुको ध्यान सरकारीमा भन्दा निजीमा बढी हुने गरेको छ।
पुलबाट हामफालेर बेपत्ता भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०÷४५ वर्षीय एक जना बेपत्ता भएका छन् ।
विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । उनले ती व्यक्ति हामफालेको स्थान नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङ्को तुलसिपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार