
काठमाडाैं । कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरेको छ । कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ।
उनका अनुसार मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलःलगायत सबैमा अनुरोध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार जात्रा मनाइएको छ।
नगर प्रमुख रमेश महर्जनले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हुँदा यस वर्षको जात्रा औपचारिकतामा सीमित गरी परम्परा धान्ने काम गरिएको बताए । कीर्तिपुरमा यस जात्रालाई विशेगारी आज मात्र मनाउने गरिएको छ । नगर उपप्रमुख एवं प्रवक्ता सरस्वती खड्काका अनुसार कोरोनाका कारण अहिले नागरिक आफै सचेत भई स्वास्थ्य मापदण्ड अपनाएर नागरिक जात्रामा सहभागी भएका छन्।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतक व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार