
दाङ । देशको शान्तिसुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आए, औषधि दिए खानका लागि दाल, चामल दिए हाम्रा जनता खुशी भएका छन्”, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने। नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाई खतिवडासँग आफ्नै बस्तीमा गरिएको स्वास्थ्य शिविर तथा राहत वितरणपश्चात् कुराकानीका क्रममा राउटेका मुखिया शाहीले सो भावना व्यक्त गर्नुभएको हो।
“ हामीलाई उपचारका लागि बस्तीमै चिकित्सकसहित औषधि लिएर आउनुभयो, मैले पनि कानको उपचार गराए, तर केहीले उपचार गराउन मानेनन्, मैले सबैलाई भनेको हुँ, तपाईहरुले दिएको औषधि जनता बिरामी भएका बेला दिन्छु, चामल दाल सबैले बाडेर खान्छौँ”, मुखिया शाहीले शिविरमा पुगेको टोली फर्कंन लाग्दा भने।
नेपाली सेना १९ नम्बर बाहिनी अड्डाीपुर, जिल्ला प्रशासन कार्यालयान, सवुजगणलगायत विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा राउटे बस्तीमा स्वास्थ्य शिविर राखिएकोे हो । पछिल्लो दुई महिनामा राउटे समुदायका चार जना बिरामी भएर निधन भएपछि प्रशासनले शिविरको आयोजना गरेको हो । शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सुवीन शाहीले आफूलाई केहीसमयदेखि छाती दुख्ने गरेको समस्या चिकित्सकलाई सुनाए । जाँच गराइसकेपछि चिकित्सकले औषधि दिए, खाने तरिका सिकाए र पठाए।
सुरुमा शिविरमा किन जाँच गराउन मान्नुभएन त भन्ने प्रश्नमा उनले अहिले नयाँ रोग आएको छ त्यसैको सुई लगाउन आएकी भन्ने डरले जचाउन गइन भने । “पछि सुई लगाउँदैन औषधि चामल, दाल दिन्छन् भनी थाहा पाएँ अनि जचाएँ”,उनले भने। केही समयअघि राउटेलाई कोरोना महामारीबाट जोगाउन उनीहरुको समुदायका दुई दर्जन बढीको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो। सोही कारणले उनीहरु अहिले शिविरमार्फत आफूहरुलाई कोरोनाको खोप लगाउन आएँ भन्ने ठानेर सशङ्कित भएका थिए । राउटेका मुखिया उपस्थित भएकाले कोरोना खोप लगाउन नआएको विश्वस्त पारेपछि जाँचमा सहभागी भएका थिए। तर सबैले भने जाँच गर्न मानेन्।
स्वास्थ्य परीक्षण गराएका राउटेमा छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउँ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । चिकित्सकले केही राउटे बालबालिकामा कुपोषण, निमोनियालगायतका समस्या हुनसक्ने भनी राउटे बस्तीमा कर्णाली प्रदेश सरकारले













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार