
कर्णाली । गोविन्दप्रसाद कलौनीले ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’का अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले यस अवसरमा आज कर्णालीवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको उत्सर्ग गर्ने महान् शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “कर्णाली प्रदेश स्थापनार्थ दुई साता लामो आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारको सहादतपश्चात विसं २०७२ भदौ ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको हो, प्रदेश प्राप्तिका लागि जीवन बलिदान गर्नुहुने चारै जना शहीदको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ यस ऐतिहासिक महत्वको दिनले कर्णाली प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच हासिल गर्न अझ प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रदेश प्रमुखले दिए । सो अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार