
काठमाडौं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए। उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए। वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष थिए ।
उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार