
राजविराज । जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन्। दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।
तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।
एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर भागा–भाग भएको सरदारको भनाइ छ । बाढी बस्तीमा आएसँगै सर्पको बिगबिगीसमेत बढेको पीडितले बताएका छन् । पानी घरमा छिरेकाले सर्प घरभित्र आउन थालेको स्थानीयवासी श्याम दासले बताए।
जीता नदीको बाढीले १५० घर डुबानमा परेपछि बाढीपीडित हाल गाउँका उच्च स्थानको खोजी गरी बसेका छन् । बाढीले पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाउँदै मानवीय क्षति भने नभएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाले बताए। बाँध भत्किएर बाढी बस्तीतर्फ छिरेपछि गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेर जानकारी लिएका छन्।
अध्यक्ष सिंहले बाढी प्रभावितको व्यवस्थापन, राहत, उद्धारको कार्य तत्काल शुरु गरिएको बताए । बाढीले आधा दर्जन घर भत्किएर पूर्ण रुपले क्षति भएको छ भने अन्य घरमा पनि कटान सुरु भएको पीडितले बताएका छन् । बाढीले एक्कासि धार परिवर्तन गर्दा गाउँपालिकाका सयौं बिघा धानबालीमा समेत क्षति पुगेको स्थानीयवासीले जनाएका छन् । बस्ती नै डुबान भएपछि पानीको स्रोत टु्युबवेल तथा इनार डुबेकाले खानेपानीको चरम अभाव भएको पीडितको भनाइ छ ।
–रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार